गरिमा विकास बैंकद्वारा १७औं वार्षिकोत्सवको अवसरमा नयाँ शाखा विस्तार

गरिमा विकास बैंकद्वारा १७औं वार्षिकोत्सवको अवसरमा नयाँ शाखा विस्तार



काठमाडौं । ‘Access to All’ मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री एवं नविनतम डिजिटल बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेका गरिमा विकास बैंक लिमिटेडले मंसिर ७ बाट आफ्नो स्थापनाकालको १६औं बर्ष पूरा गरि १७औं बसन्तमा प्रवेश गरेको छ ।

यस विकास बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौंको पुतलीसडकमा १२३ औं शाखा विस्तार गरेको छ भने देशैभर एकैदिन रक्तदान कार्यक्रम, बृद्धाश्रमहरुमा न्यानो कपडा वितरण, डस्टबीन हस्तान्तरण, ईन्भर्टर, कुसी तथा कम्प्युटर र प्रिन्टर हस्तान्तरण साथै वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरि १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको हो ।

हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार यस विकास बैंकले रु ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब रु. ६८ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ८ लाख ग्राहकहरुलाई सेवा पु¥याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

यस बैंकले गरिमामय यात्रामा निरन्तर साथ दिनेसेवाग्राही, शेयरधनीहरु, नियमनकारी निकायहरु, कर्मचारी तथा शुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ ।