काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत आन्दोलनका थप कार्यक्रमका लागि भेला भएका समर्थकलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौंको तीनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ ।
तीनकुनेबाट पक्राउ पर्नेमा राप्रपामा आवद्ध पशुपति कठायत, श्याम तिमल्सिना र आङनिमा शेर्पासहित २६ जना छन् । पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, मिना शाही ठकुरी, क्षितिज तिमिल्सिना, नरबहादुर सिलवाल, नवराज अधिकारी, तेज नारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी, सुजन खड्का, गगन थापा, गणेश पराजुली, उमेश आलेमगर, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरि थापा, राजु भारती, प्रेमप्रसाद घिमिरे, यमकुमाार मैनाली, हरिप्रसाद दाहाल, दिलबहादुर घिसिङ, धन शिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र साबित्रा क्षेत्री छन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रदर्शनमा सहभागी हुन तीनकुने आउन लागेका प्रसाईंलाई भक्तपुरस्थित घरमा नै रोकेको छ । नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले अहिले दुर्गा प्रसाईँको घरलाई वरपरबाट घेरेको छ ।
प्रसाईंले आफू होम एरेस्टमा रहेको भन्दै सरकारले तीनकुनेमा प्रदर्शन नदिए पनि देशभर प्रदर्शन हुने बताएका छन् ।
प्रहरीले तीनकुने क्षेत्रमा चारजना भन्दा बढी भेला हुन नपाइने बताएको छ । त्यहीअनुसार कडाइ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।


प्रतिक्रिया