केपी ओली कप : बागमती समुह विजेता बन्दै सेमिफाइनलमा

केपी ओली कप : बागमती समुह विजेता बन्दै सेमिफाइनलमा



पोखरा । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालामा जारी प्रतियोगितामा कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेसँगै बागमती प्रदेश समुह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।

पहिले ब्याटिङ गरेको बागमतीले पुरै ओभर खेलेर ६ विकेटको क्षतिमा १८९ रन बनाएकाे थियो । बागमतीको लागि रित गौतमले ५९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ८२ रन बनाए, ईशान पान्डेले ३८ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७० रन जोडेका थिए भने सन्दीप लामिछानेले ४ बिकेट लिएका थिए ।

कर्णालीका लागि दिनेश अधिकारीले ३ विकेट लिए । दिवान पुन र अनुज चहराले १–१ विकेट लिए ।

बागमतीले दिएको १९० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १७.३ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो ।

कर्णालीका लागि विकेटकिपर ब्याटर अर्जुन घर्तीले सर्वाधिक २४ रन बनाए । उनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । कपतान रविन्द्र शाहीले २०, विपिन शाहीले २१ र दिपेन्द्र रावतले १२ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पहिलो खेलमा बिहीबार बागमतीले आयोजक मदन भण्डारी स्टोर्टस एकेडेमी (रातो) लाई हराएको थियो । बागमतीले मंसिर १४ गते सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नेछ । समुह डीमा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्टोर्टस एकेडेमी (नीलो) छन् ।