सिटिजन लाइफ इन्स्योरेन्सले जित्यो ‘बेस्ट स्ट्रयाटेजिज् फर इन्स्योरेन्स स्प्रिडिङ’ अवार्ड

सिटिजन लाइफ इन्स्योरेन्सले जित्यो ‘बेस्ट स्ट्रयाटेजिज् फर इन्स्योरेन्स स्प्रिडिङ’ अवार्ड



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित ‘Emerging Asia Insurance Award’ को चौंथो संस्करणमा ‘Best Strategies for Insurance Spreading’ अवार्ड जितेको छ ।

नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पु¥याएका एसिया महादेश भित्रका इन्स्योरेन्स कम्पनीहरु मध्येबाट उत्कृष्टहरुलाई इण्डियन चेम्बर अफ कमर्सले बिगत ४ वर्ष देखी यो अवार्ड दिँदै आएको छ ।

मुम्बई, महाराष्ट्रमा आयोजित एक भव्य समारोहकाबीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो । जीवन बीमा कम्पनी भरिमा बीमा सम्बन्धी सेवा विस्तार र बीमा सचेतना पु¥याउने कार्यमा सबै भन्दा उत्कृष्ट रणनीति अपनाएको कम्पनीको रुपमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई यो पुरस्कार प्रदान गरिएको हो ।

भाद्र ०७, २०७४ बाट नेपाल बीमा प्राधिकरणबाट संचालनको अनुमती पाइ २०७४ साल कार्तिक ०२ गतेबाट सञ्चालनमा रहेकोे सिटिजन लाइफ इन्स्योरेन्स नेपालको फैलदो बीमा क्षेत्रकै उत्कृष्ट प्रतिनिधि बीमा कम्पनी हो ।

हाल, देश भरका १४१ शाखा, उपशाखाहरु र लगभग ६१,००० भन्दा बढी अभिकर्ताहरुबाट सेवाग्राहीहरुलाई आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिँदै गुणस्तरीय सेवा प्रवाहमा सिटिजन लाइफ इन्स्योरेन्स सधैँ तयार रहेको छ र आफ्ना ग्राहक वर्गको भविष्यमा आइपर्न सक्ने कुनै पनि आर्थिक जोखिमका बिरुद्ध आर्थिक र वित्तीय सुरक्षाको ग्यारेण्टी दिन सक्ने भरपर्दो र विश्वासिलो बीमा कम्पनीको परिचय बनाउन सफल भएको छ ।