पाेखरा । केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा गण्डकी प्रदेशले विजयी शुरुवात गरेकाे छ । शुक्रवार भएकाे खेलमा गण्डकीले सशस्त्र प्रहरीकाे एपीएफ क्लबलाई ४ विकेटले हरायाे ।
एपीएफले दिएकाे १ सय २ रनकाे लक्ष्य गण्डकीले २ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायाे । गण्डकीका मुस्कान थापाले २५ र दिनेश बुढामगरले २४ रन बनाए । बलिङतर्फ एपीएफका अविनाश बाेहराले २ विकेट लिए ।
यसअघि पाेखरा रङ्गशालामा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे एपीएफ १८ ओभर ४ बलमा १ सय १ रन बनाउँदा अल आउट भयाे । एपीएफका कप्तान प्रदीप ऐरीले सर्वाधिक २० रन बनाए । बलिङतर्फ गण्डकीका विपिन खत्री, अमृत गुरुङ, चन्द्र पाैडेल र कमल परियारले समान २ विकेट लिए ।
प्रतियाेगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ ।
प्रतिक्रिया