विद्युत काटेर दिनभर घरमा थुनियो : दुर्गा प्रसाईं

विद्युत काटेर दिनभर घरमा थुनियो : दुर्गा प्रसाईं


ग्लोब नेपाल
486
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार तीनकुनेमा आन्दोलन कार्यक्रम गर्ने बताएका छन् । शुक्रबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले शनिबार तीनकुनेमा कार्यक्रम गर्ने बताएका हुन्। 

शनिबार आन्दोलनकारीलाई आफ्नो घर अगाडि आउन आग्रह गर्दै प्रसाईंले भोली माइतीघरमा कार्यक्रम गर्ने बताए। उनले कुनै दिन आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नजरबन्दमा राख्नु नपरोस् भन्दै चेतावनीसमेत दिए। ‘कतै मैले एक दिन तपाईंलाई पनि नजरबन्दमा राख्न नपरोस्। यो कुरा तपाईं हेक्का राख्नुहोस्,’ उनले भने।

उनले आज आफूलाई नजरबन्दमा राखिएको र दिनभर घरमा बिजुलीको लाइनसमेत काटिएको बताए।

उनले भने,’दिनभर मेरो घरको बिजुलीको लाइन काटियो। प्रचण्डज्यू तपाईंलाई जंगलबाट यो ठाउँमा पुर्‍याउने दुर्गा प्रसाईं हो। दुर्गा प्रसाईंले ज्यान दिएको छ। यही घरमा हो तपाईंले कुनै दिन चिया खाएको। यही घर तपाईंले आज अन्धकार बनाउनुभएको छ।’