पूर्वराजा ज्ञानेन्द्र शाहलाई १० हजार मोटरसाइकलको स्कटिङ

पूर्वराजा ज्ञानेन्द्र शाहलाई १० हजार मोटरसाइकलको स्कटिङ


ग्लोब नेपाल
486
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई १० हजार मोटरसाइकलले स्कटिङ गरेर मेचीनगरस्थित होटेल मेची क्राउनबाटबाट कार्यक्रम उद्घाटनस्थल विर्तामोड पु-याइँदैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापा जिल्ला अध्यक्ष केशव ओझाका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहले विर्तामोडस्थित इ–कम कलेज हाताभित्र निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।

‘संवैधानिक राजतन्त्रको पक्षधर भएकाले राप्रपाले राजाको स्वागत गर्ने तयारी गरेको हो’ अध्यक्ष ओझाले भने, ‘पार्टीको झन्डा बोक्दैनौं, राष्ट्रिय झण्डा बोकेर हामी सरकारको स्वागत गर्छौ ।’

पूर्वराजा ज्ञानेन्द्र साढे १२ बजे कार्यक्रमस्थल पुग्ने समय तालिका निर्धारण गरिएको छ । कार्यक्रम सकिएपछि पूर्वराजा पैदल यात्रा गरेर सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्नेसमेत कार्यक्रम रहेको छ ।

नरेन्द्र निरौलाको समूहले खोलेको उक्त कलेजमा टुरिजम र होटल म्यानेजमेन्ट पढाइ हुन्छ ।