रास्वपाको केन्द्रिय समिति बैठक आजबाट, पहिलो पटक काठमाडौं बाहिर

रास्वपाको केन्द्रिय समिति बैठक आजबाट, पहिलो पटक काठमाडौं बाहिर


ग्लोब नेपाल
54
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट सुरु हुदैँछ । पहिलो पटक काठमाडौं उपत्यका बाहिर केन्द्रिय समिति र संसदीय समितिको बैठक गर्न लागेको रास्वपाले महोत्तरीको जलेश्वरमा उक्त बैठक गर्नेछ । 

सो बैठक मंसिर ११ बाट सुरु भएर १३ गतेसम्म गरी तीन दिनसम्म चल्ने महासचिव मुकुल ढकालले जानकारी दिएका छन् । आज देखी सुरु हुने बैठकमा पार्टीको राजनीतिक प्रतिबेदन, आर्थिक प्रतिवेदन,  केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका प्रतिवेदन, सांगठनिक प्रतिवेदनलगायत छलफलका अजेन्डा रहेका छन ।

सो बैठकले पार्टीको राजनीतिक रोडम्यापका बारेमा आवाश्यक निर्णय लिनेछ । उक्त बैठकमा जिल्लाका सभापतिहरुको पनि उपस्थिति रहने छ ।