नेशनल लाईफ इन्स्योरेन्सद्वारा काठमाडौं इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थलाई वित्तिय सहयोग उपलब्ध गराउने

नेशनल लाईफ इन्स्योरेन्सद्वारा काठमाडौं इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थलाई वित्तिय सहयोग उपलब्ध गराउने



काठमाडौं । नेशनल लाईफ इनस्योरेन्स कम्पनी र काठमाडौं इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थ (Kathmandu Institute of Child Health) बिच आज एक सम्झौता भएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ वर्ष सम्म प्रति वर्ष रु. २५ लाखका दरले वित्तिय सहयोग उपलव्ध गराउन कम्पनीको तर्फबाट आज एक समारोहका बिच कम्पनीको कार्यकारी प्रमुख सुरेश प्रसाद खत्री र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोईरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् । सोही अवसरमा सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख सुरेश प्रसाद खत्रीले पहिलो किस्ता रकम रु. २५ लाखको चेक पनि सो संस्थालाई हस्तान्तरण गरे ।

समारोहमा प्रा. डा. कोईरालाले नेपालका सबै बाल बालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पु¥याउने उदेश्यले परियोजना संचालन गर्न लागिएको र क्रमिक रुपमा देशको अन्य स्थानहरुमा समेत वाल स्वास्थ्य सेवा उपलव्ध गराउने योजना रहेको बताउँदै यस परियोजनाका लागि वित्तिय सहयोग उपलव्ध गराएकोमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद ज्ञापन गरेका हुन् ।

यसैगरी कम्पनीको तर्फबाट कार्यकारी प्रमुख खत्रीले, कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई विगत देखी नै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रहरुमा आर्थिक सहयोग उपलव्ध गराउँदै आएको संस्मरण गर्दै काठमाडौं इन्ष्टिच्यूट अफ चाईलड हेल्थबाट निर्माणधिन वाल अस्पतालको परियोजनामा योगदान पु¥याउन पाएकोमा खुशी व्यक्त गर्दै अस्पताल संचालन पछि नेपालका बाल बालिकाहरुले सहज रुपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको बताए ।