एनसेल बिक्रीबारे गहिराइमा पुगेर छानबिन गर्नुपर्ने गठबन्धन बैठकको निष्कर्ष

एनसेल बिक्रीबारे गहिराइमा पुगेर छानबिन गर्नुपर्ने गठबन्धन बैठकको निष्कर्ष



काठमाडौं । गठबन्धन बैठकले एनसेल खरिदबिक्रीका विषयमा सरकारले गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । बालुवाटारमा बसेकाे बैठकले एनसेलको खरिदबिक्री नेपालको कानून अनुकुल नरहेको र शंकास्पद रहेको निष्कर्ष निकालेको हाे ।

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले नै एनसेलको खरिदबिक्री प्रचलित कानून बमोजिम नभएको भनेर प्रष्ट्याएको तथा सबैले त्यसमा समर्थन जनाएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले भन्नुभएको ठीक हो भन्ने निष्कर्षमा बैठक पुगेको छ । यसबारेमा जेजति कोणबाट प्रश्न उठेका छन्, ती गम्भीर र जायज छन्, यसको छानबिन एवं सुक्ष्म अध्ययन गर्नुपर्छ भन्नेमा सबैको एकमत रह्यो ।’

प्रधानमन्त्रीले पनि गहिराइमा पुगेर छानबिन गर्न सरकार तयार रहेको भन्दै मन्त्रीपरिषद बैठकले यस विषयमा आवश्यक निर्णय गर्ने बताएका थिए ।