पोर्चुगलको राजदूतमा सनिल नेपाल अनुमोदित

पोर्चुगलको राजदूतमा सनिल नेपाल अनुमोदित



काठमाडौं । पोर्चुगलको राजदूतमा सनिल नेपाल अनुमोदित भएका छन् । शुक्रबारको संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि नेपाली राजदूतमा नेपाललाई सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो ।

राजदूतमा सर्वसम्मतिले अनुमोदन गरिएको ज्येष्ठताको आधारमा सभापतित्व गरिरहेका समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।

सरकारले पोर्चुगलमा नेपाली नागरिकको संख्या बढिरहेका कारण उनीहरूको हक हितमा काम गर्नका लागि दूतावास खोल्ने निर्णय गरेकाे थियाे ।