अब्दुल्लाहले साफपछि नेपाली टोली नहेर्ने, राजीनामा दिने घाेषणा

काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् । बुधबार साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशसँग बराबरी खेल्दै पहिलो पटक नेपाललाई फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाहले खेलपछिको प्रेस कन्फरेन्समा नेपाली टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिने बताएका हुन् । उनले साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने बताएका…