काठमाडौं । सर्वोच्च अदालतले खण्डहर भवन परिसरबाटै न्याय सम्पादनको कार्य शुरू गरेको छ । 'जेन–जी' आन्दोलनका क्रममा गएको मङ्गलवार तोडफोड र आगजनीमा परेको सर्वोच्च अदालतले खण्डहर भएको भवनको आँगनमा पाल टाँगेर सेवा शुरू गरेको हो । सर्वोच्च अदालतले आजदेखि बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ शुरू गरेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले जलेका भवनहरूको निरीक्षणपछि कामको…