काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेका लघुवित्त ऋणीहरू पक्राउ परेका छन् । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त, बानेश्वर लगिएको छ । भित्रबाट बोलाएको भन्दै जबरजस्ती प्रवेश गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको एआईजी थापाले बताए । सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित…