काठमाडौँ । नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा भएको ५० औं महाधिवेशनले पोखरेललाई वर्ष २०२४ का लागि अध्यक्षमा चयन गरेको हो । नेतृत्व चयनका लागि मतदानमा पोखरेलले ५१० मतसहित तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रजनी थापाले ४२६ मत ल्याइन् । पोखरेल नुवाकोट जेसीजका…