मोक्षभूमि उपन्यास र भक्तराज आचार्यलाई पद्मश्री पुरस्कार

काठमाडौँ । वि.सं. २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई र पद्मश्री साधना सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिने भएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उक्त निर्णय गरेको हो । ‘मोक्षभूमि’ उपन्यासमा लेखक दाहालले आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो…