काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी आज शनिबार औपचारिक कार्यक्रममा व्यस्त रहने कार्यसूची रहेको छ । शुक्रबार अपरान्ह नेपाल आएका विदेशमन्त्री वाङ यी विमानस्थलबाट सोझै बत्तिसपुतलीस्थित होटल द्वारिका पुगे पनि कुनै औपचारिक कार्यक्रममा सहभागी भएनन् । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार बिहान पनि विदेशमन्त्री वाङ यी घुमफिरमा नै व्यस्त रहनेछन्…