तीन वर्षमा ६३ हजार सडक दुर्घटना, राष्ट्रिय लक्ष्य एकातिर, सरकारको ध्यान अर्कोतिर

काठमाडौं । पछिल्लो साढे तीन वर्षको अवधिमा नेपालमा ६३ हजार २६८ वटा सडक दुर्घटना रेकर्ड भएका छन् । नेपाल प्रहरीकाे तथ्यांकअनुसार ती दुर्घटनामा सात हजार ५५३ जनाको मृत्यु भएको छ । यस अवधिमा दुर्घटनामा परी गम्भीर घाइते हुनेको संख्या २२ हजार ५६७ रहेको छ । बितेका साढे १० वर्ष (आर्थिक वर्ष २०६८-६९ देखि २०७८-७९ माघ…