आगामी महिनादेखि जनकपुर–जयनगर रेल सेवा सुचारु हुने, देउवा र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने तयारी

जनकपुर । धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षौँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकासहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खुशीयाली छाएको हो । रेल्वे लिकको काम सकिएको लामो समयसम्म…