बलात्कार प्रयासको आरोप लागेका लहान नगरपालिकाका उपमेयरले गरे आत्मसमर्पण

जनकपुर । बलात्कार प्रयासको आरोप लागेका सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनी हिजाे शुक्रबार आफैँ इलाका प्रहरी कार्यालयमा हाजिर भएका हुन् । उपमेयर महतोले कार्यकक्षमा बोलाएर जागिर लगाइदिने लोभ देखाई बलात्कारको प्रयास गरेको भन्दै एक महिलाले ४ साउनमा प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी दर्तापछि उपमेयर सम्पर्क बिहीन…