राजनीतिक कोर्स पूरा गरेपछि माधव नेपाल समूह ५ दलीय गठबन्धनबाट अलग्गिने

राजनीतिक कोर्स पूरा गरेपछि माधव नेपाल समूह ५ दलीय गठबन्धनबाट अलग्गिने



काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको नेकपा एमालेको माधव नेपाल समूह ५ दलीय गठबन्धनबाट बाहिरिने संकेत गरेको छ । 

सर्वोच्च अदालतको फैसलापछिको अवस्थाबारे छलफल गर्न सोमवार कोटेश्वरमा बसेको बैठकमा नेता नेपालले परिस्थिति बदलिएको भन्दै गठबन्धनमा नरहने जानकारी गराएको बताइएको छ । 

हिजो एउटा अवस्थामा रहेको र परिस्थिति बदलिएकाले परिस्थितीले एउटा कोर्स पूरा गरेको र अब नयाँ कोर्स सूरु भएको बताउदै नेता नेपालले सबैलाई समेटेर सरकार सञ्चालन गर्न देउवालाई आग्रह गर्नुभयो । 

माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । ‘विश्वासको मत दिने नदिने अहिले भन्न सकिँदैन । शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ र समर्थन लिन प्रयत्न गर्नुहोला । त्यो बेला हाम्रो पार्टीले जे निर्णय गर्छ त्यही हुन्छ,’ पन्तले भन्नुभयो । बैठकमा नेता नेपालले आफूहरूको पार्टीमा सहमतिको प्रयास भइरहेकोले त्यो बुझ्न आग्रह गरेका थिए ।