थप पाँच जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक

थप पाँच जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले थप पाँच जिल्लाको नामावली सार्वजनिक गरेको छ । आज थपिएको पाँच जिल्लासहित ५३ जिल्लाको नामावली सार्वजनिक भएको छ ।

कार्यसम्पन्न गरेका थप ५ जिल्लाहरुका क्रियाशील सदस्यको नामावली नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरेको छ । साथै, सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइ सकिएको छ ।

आज शनिबार नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची जिल्लाको क्रियाशील सदस्यको नामावली फाइनल भएर वेभसाइटमा राखिएको मुख्य निर्वाचन अधिकृत महादेवप्रसाद यादवले जानकारी दिए ।