प्रदेशमा सरकार जोगाउन मन्त्रीको प्रलोभन, सांसदहरुको तानातान

प्रदेशमा सरकार जोगाउन मन्त्रीको प्रलोभन, सांसदहरुको तानातान



काठमाडौं, १३ भदौ । नेकपा एमाले विभाजनपछि प्रदेशमा सरकार जोगाउन चुनौती देखिएको छ । प्रदेश १ र बाग्मती प्रदेशमा सांसदहरुलाई आफ्नो पक्षमा पार्न दुबै पक्षले कसरत सुरु गरेका छन् । प्रदेश नम्बर १ मा मुख्यमन्त्री भिम आचार्य नेतृत्वको सरकार जोगाउनका लागि नेकपा एमालेले सांसदहरुलाई विभिन्न खालका प्रलोभन देखाइरहेको छ । सांसदहरुलाई माधव नेपाल नेतृत्वको एकिकृत समाजवादीमा जान नदिन प्रदेशदेखि केन्द्रसम्मका नेताहरुको कसरत जारी छ ।

एकिकृत समाजवादीका सांसद राजेन्द्र राईले नयाँ पार्टीमा जाने सांसदलाई रोक्न मन्त्रीको प्रस्ताव समेत आइरहेको बताएका छन । कम्तिमा पनि १२ जना सांसदले नयाँ दल रोज्ने र नेकपा एमालेको सरकारले विश्वासको मत गुमाउने सांसद राईले दाबी गरेका छन् । नेकपा एकिकृत समाजवादी दल रोज्ने सांसदहरुले आउदो मंगलबार निर्वाचन आयोगलाई दल रोजेको पत्र बुझाउने तयारी गरेका छन् । तर, सत्तारुढ दल नेकपा एमालेले भने आफुहरुले विश्वासको मत पाउने बताइरहेको छ ।

बाग्मती प्रदेशमा पनि एमालेबाट अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेपछि विपक्षी गठबन्धन छलफलमा जुटेका छन् । गठबन्धनले शाक्यको बिकल्प खोज्न सुरु गरेको छ ।