नेपालको दुईतिहाइ जनसंख्यामा कोभिड-१९ एन्टिबडी !

नेपालको दुईतिहाइ जनसंख्यामा कोभिड-१९ एन्टिबडी !



काठमाडौं । नेपालको दुईतिहाइ जनसंख्यामा कोरोना भाइरस (कोभिड-१९) एन्टिबडी बनेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमणको अवस्थालाई सूक्ष्म विश्लेषण गरी आवश्यक कार्ययोजना बनाउने उद्देश्यले देशभरीका ६ महिना भन्दा बढी उमेरका व्यक्तिहरुलाई समेटी २०७८ असार २१ गते देखि साउन ३० गतेसम्ममा संकलित नमूनाहरु मध्ये १३,१६१ जनाको परिक्षण गरी विश्लेषण गरेको छ । यस सर्भेबाट प्राप्त प्रारम्भिक नतिजा अनुसार देशभरी ६८.६ प्रतिशत नमूनामा कोभिड -१९ एन्टिबडी देखिएको छ ।

त्यस्तै सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिंग, उमेर, पेशा, तथा सवै समूहमा लगभग समान रुपमा नै एन्टिबडी देखिएको छ । एक मात्रा मात्र खोप लगाएका व्यक्तिहरु ८० प्रतिशतमा र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको छ जसले हामीले लगाईराखेका खोपहरु अत्यन्त प्रभावकारी रहेको देखिएको छ ।

भाईरसले आफनो रुप परिवर्तन गरिरहने जोखिम कायमै रहेकोले संक्रमणको रोकथाम, नियन्त्रण गर्नु नै एक मात्र प्रभावकारी उपाय हो । जुन हालको अवस्थामा समेत निकै सान्दर्भिक छ – विज्ञप्तिमा भनिएको छ ।


विज्ञप्ति