एमाले र जसपाका जनप्रतिनिधिले भदौ २२ गतेसम्म दल रोज्न पाउने {सनाखतको ढाँचा सहित}

एमाले र जसपाका जनप्रतिनिधिले भदौ २२ गतेसम्म दल रोज्न पाउने {सनाखतको ढाँचा सहित}



काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिले यहि भदौ २२ गतेसम्म दल रोज्न पाउने भएका छन् । निर्वाचन आयोगले उनीहरुलाई दल रोज्न २२ गतेसम्मको समय दिएको हो ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेका छन् । दुवै दलले ९ भदौमा मान्यता पाएका थिए ।
अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिलाई २१ दिनभित्र दल रोज्न दिने व्यवस्था समेत छ । आयोगको आइतबार बसेको बैठकले २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको हो ।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) को दफा ३३ को उपदफा (२ क) र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ (दोश्रो संशोधन) को नियम ५ को उपनियम (७ क) बमोजिम नवगठित दलमा प्रवेश गर्न चाहने जनप्रतिनिधिहरुले सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा र स्थानीय तहका सदस्यले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र स्वयम् उपस्थित भै सनाखत गर्ने,’ आयोगको निर्णयमा भनिएको छ।

अब एमालेबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न चाहेमा २२ गतेभित्र सनाखत गर्नुपर्छ । यस्तै जसपाबाट प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले लोसपा प्रवेश गर्न चाहेमा पनि सनाखत गर्नुपर्नेछ ।

प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्छ । यसका लागि सक्कल नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा÷स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने निर्वाचन आयोगले जनाएको छ । सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याएपछि एमाले र जसपा विभाजन भएका हुन् ।

सनाखतको ढाँचा