रवीन्द्र मिश्रले बोलाएको बैठकबारे पाण्डेको आपत्ति

रवीन्द्र मिश्रले बोलाएको बैठकबारे पाण्डेको आपत्ति



काठमाडौं । विवकेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पक्षको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक राखिएको बताए ।

संयोजक मिलन पाण्डेले भने मिश्रले पार्टी एकता गर्दा भएको सम्झौता विपरित एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै आपत्ति जनाएका छन् । अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बैठक बोलाउनु एकीकरणको सम्झौता विपरित भएको भन्दै पाण्डेले बैठक रोक्न माग गरेका छन् ।

अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मागसहित राजनीतिक दस्तावेज सार्वजनिक गरेपछि विवेकशील साझामा वैचारिक मतभेद बढेको छ ।