November 29, 2021 मंसिर १३ , २०७८

अपडेटः आधा बाटोबाटै हराएका सांसद कुलवीर चौधरी सम्पर्कमा

अपडेटः आधा बाटोबाटै हराएका सांसद कुलवीर चौधरी सम्पर्कमा

धनगढी । माधव नेपालको नेकपा (एकीकृत समाजवादी) मा खुलेका एमाले सुदूरपश्चिम प्रदेशसभाका २ सांसद सम्पर्कविहीन भएका छन् । सनाखतका लागि निर्वाचन आयोगतर्फ जाँदैगर्दा आधा बाटोबाटै ३ जना सांसद सम्पर्कविहीन भएकोमा एक जना भने सम्पर्कमा आएका छन् ।

बाटोबाट तारालामा तामाङ, कुलवीर चौधरी र अर्चना गहतराज सम्पर्कविहीन भएकोमा कुलवीर चौधरी केही समयपछि सम्पर्कमा आएका हुन् । उनी निर्वाचन कार्यालय पुगिसकेका छन् ।

अन्य दुई सांसदको खोजी भइरहेको समाजवादीतिर लागेका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले बताए ।