कांग्रेसका थप तीन जिल्लाका क्रियाशील सदस्यहरुको नामावली प्रकाशित

कांग्रेसका थप तीन जिल्लाका क्रियाशील सदस्यहरुको नामावली प्रकाशित



काठमाडौँ । कांग्रेसका थप तीन जिल्लाका क्रियाशील सदस्यहरुको नामावली प्रकाशित भएको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबार सुनसरी, मकवानपुर र बागलुङका क्रियाशील सदस्यहरुको नामावली वेबसाइटमा प्रकाशन गरेको हो । यो सँगै ५६ जिल्लाका सदस्यहरुको नामावली सार्वजनिक भएको छ ।

समितिका संयोजक महादेवप्रसाद यादवले निर्वाचन निर्देशिका ०७८ को दफा ९ (ख) बमोजिम सदस्यहरुको नामावली प्रकाशित गरिएको जानकारी दिए । सदस्यता प्रकाशित भएका जिल्लामा निर्वाचन अधिकृतहरु समेत खटाइएको उनले जानकारी दिए ।

कांग्रेसले यसअघि ५३ जिल्लाको सदस्यता सार्वजनिक गरिसकेको छ । सदस्यहरुको नामावली कांग्रेसको वेबसाइटमा हेर्न सकिन्छ ।