माधव नेपालले केपी ओलीलाई भने ‘कसैको टाङमुनि छिर्नेवाला छैनौं’

माधव नेपालले केपी ओलीलाई भने ‘कसैको टाङमुनि छिर्नेवाला छैनौं’



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु दृढताका साथ अघि बढ्ने भएकाले कसैको टाङ मुनी नछिर्ने बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै आफू निकट अनेरास्ववियुले काठमाडौंमा आयोजनाका गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने, हामी दृढताका साथ अगाडि बढ्छौँ।

कसैको टाङमुनि छिर्ने वाला छैनौँ। अँध्यारो सुरुङतर्फ जानेवाला छैनौँ। तानाशाही प्रवृत्तिसँग झुकेर अहंकारीलाई माथ दिएर अघि बढ्न सक्दैनौँ। साहसी र बहादुर भएर अघि बढ्ने भएकाले जायज कुरामा नडराइ सत्य र न्यायको बाटोमा लाग्ने उनको भनाइ थियो।