November 30, 2021 मंसिर १४ , २०७८

पौडेल समूहको भूमिकाप्रति सहमहामन्त्री डा‍. महतको गम्भीर असन्तुष्टि

पौडेल समूहको भूमिकाप्रति सहमहामन्त्री डा‍. महतको गम्भीर असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भूमिकाप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा महतले पौडेल पक्षले सभापति देउवा सधैं पदमा रहिरहन खोजेको सन्देश दिने गरी बाहिर प्रचारबाजी गरिएको भन्दै आपत्ति जनाए ।

सहमहामन्त्री महतले पूरानै प्रतिनिधिबाट महाधिवेशन गर्ने पौडेल पक्षको प्रस्ताव अस्वीकार गरे । यो प्रस्ताव वैधानिक नहुने महतको तर्क छ । पूरानै प्रतिनिधिबाट पार्टीको केन्द्रीय कार्य समिति चयन गरौं भन्ने पौडेल पक्षको प्रस्ताव कसरी वैधानिक छ भनेर पनि उनले प्रश्न गरे ।