कांग्रेस महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म

कांग्रेस महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म



काठमाडौं । नेपाली कांग्रेसले अधिवेशन र महाधिवेशनको नयाँ समय तालिका सार्वजनिक गरेको छ । गत बिहीबारदेखि सभापति शेरबहादुर देउवा निवासमा बुढानीलकण्ठमा बसेको केन्द्रीय समितिले अधिवेशन भदौ १८ गतेबाट प्रकृया सुरु गर्ने निर्णय गरेको छ भने महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म सञ्चालन हुनेछ ।

नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यको अन्तिम नामावली र निर्वाचन निर्देशिका भदौ २ गते बुझाइने भएको छ । यसैगरी भदौ १८ गते वडा अधिवेशन सुरु हुनेछ भने गाउँ र नगरपालिका अधिवेशन भदौ २७ गतेलाई तोकिएको छ ।

यसैगरी असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुनेछ भने असोज ५ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ । जिल्ला अधिवेशन असोज १० गतेका लागि तोकिएको छ । कार्तिक १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन हुनेछ भने केन्द्रीय महाधिवेशन मंसिर ९देखि १३ गतेसम्म आयोजना हुनेछ ।