काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्वार व्यवस्था मिलाउन निर्देशन दिएका छन् । सोमबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन आइतबार नै निर्देशन दिएको बताएका छन् ।
ट्वीटमा भनिएको छ– ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु । सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’
प्रतिक्रिया