एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै



काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

यसअघि ओलीले सोमबार मध्यरातमा वक्तव्य जारी गरेर पार्टी फुटाउने षडयन्त्र मान्य नहुने बताएका थिए । दल विभाजन सम्बन्धी अध्यादेश एमाले फुटाउनका लागि नै ल्याउन लागिएको भन्दै उनले यो कुनै पनि हालतमा मान्य र क्षम्य नहुने बताएका हुन् । एमाले एकताका लागि आह्वान समेत गरेका ओलीले स्थायी कमिटी बैठकमा छलफल गर्न लागेका हुन् । यस्तै एमालेले आजै संसदीय दलको बैठक पनि बोलाएको छ ।