वरिष्ठ नेता नेपालको सम्बोधन अपरान्ह ४ बजे

वरिष्ठ नेता नेपालको सम्बोधन अपरान्ह ४ बजे




काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका नेता तथा कार्यकर्ता र जनवर्गीय संगठनलाई लक्षित गरेर सम्बोधन गर्ने भएका छन् । जुम प्रविधिमार्फत् अपरान्ह ४ बजे नेता नेपालले सम्बोधन गर्न लागेका हुन् ।

सरकारले दल विभाजिनसम्बन्धी अध्यायदेश ल्याएपछि नेता नेपालको सम्बोधन हुन लागेको हो । वरिष्ठ नेता नेपालले सम्भवतः नयाँ पार्टी घोषणा गर्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ ।

यता, बानेश्वरको अर्याल होटलमा माधव नेपाल समूहका समर्थक सांसदहरु भेला भइरहेका छन् । भेलामा एमाले उपाध्यक्ष बामदेव गौतम पत्नी तुलासा थापासमेत सहभागी छन् ।

यता, नेकपा एमालेको स्थायी समिति बैठक ललितपुर स्थित तुलसीलाल मेमेरियल हलमा बसिरहेको छ । उत्त बैठकमा माधव नेपाल समूहलाई समेत आमन्त्रण गरिएको थियो ।