प्रतिगमनकारी प्रवृतिलाई परास्त गर्न विद्रोहः प्रचण्ड

प्रतिगमनकारी प्रवृतिलाई परास्त गर्न विद्रोहः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रतिगमनकारी प्रवृतिलाई परास्त गर्न विद्रोह गर्नुपरेको बताएका छन् । रामबृक्ष यादवको २७ औं स्मृति दिवसका अवसरमा बुधबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्र देखा परेको तानाशाही, निरंकुश, व्यक्तिवादी र आत्मसर्पणवादी प्रवृतिप्रति विद्रोह गर्नुपरेको बताएका हुन् ।

कम्युनिष्टमा देखापरेको व्यक्तिवादी प्रवृतिलाई रोक्न आफुहरुले निर्मम रुपमा विद्रोह गरेको र सफल भएको उनको भनाई छ । प्रतिगमन अहिलेलाई परास्त भएको र संविधान तथा राष्ट्रियतालाई रक्षा गर्ने प्रवृति बिजयी भएको उनले बताए ।

प्रचण्डले समाजवादको बाटोमा अघि बढ्न लामो आन्दोलन आवश्यक पर्ने जिकिर गरे । उनले पार्टीलाई शसक्त बनाउनका लागि तल्लो तहदेखि नै साथ दिनुपर्ने धारणा राखे । प्रचण्डले मुलुकको परिवर्तनका लागि सहिद, घाइते, अपाङ्गहरुलाई कहिल्यै नबिर्सने स्पष्ट पारे । उनले कम्युनिष्टलाई एकताबद्ध पार्न सदैव लागिपर्ने बताए ।