अमेरिकाबाट विश्वले ल्याए ’सपनीमा’ म्युजिक भिडियो

अमेरिकाबाट विश्वले ल्याए ’सपनीमा’ म्युजिक भिडियो



काठमाडौँ । गायिका मेलिना मैनाली र गायक आरके खत्रीको युगल गायनमा समावेश ’सपनीमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । अनिल कुँवरले बिट निर्माण गरेको प्रेमिल शैलीको यस गीतमा पारस मास्टरपेनको -याप समेत समावेश छ ।

म्युजिक भिडियोमा गायक कमल खत्रीको ’आत्मामा’ बोलको म्युजिक भिडियोबाट चर्चामा आएका मोडल विश्व शर्मा र ड्रिम गर्ल चलचित्र बाट डेब्यु गरेकी नायिका एवम मोडल आश्मा गिरी फिचर्ड छन् ।

अनिल के मानन्धरले छायांकन गरेको यस भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन् । बिभोर पोखरेलको निर्देशनमा भिडियो तयार पारिएको हो । मोडल शर्माको आधिकारिक च्यानल ’विश्व शर्मा’ मार्फत भिडियो सार्वजनिक गरिएको हो । हाल अमेरिकामा रहेका मोडल शर्माले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।