अन्ततः फुट्यो एमाले

अन्ततः फुट्यो एमाले



काठमाडौं । लामो समयको रस्साकस्सीपछि अन्ततः प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजित बनेको छ। बुधबार एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएसँगै एमाले औपचारिक रूपमा विभाजन भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसंगै नेपाल समूहका नेताहरूले निर्वाचन आयोगको कार्यालयमा गएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हुन् ।

नेपाल समूहका नेता जगन्नाथ खतिवडाका अनुसार पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिन्ह खुला किताब राखिएको छ।