जसपा पनि फुट्यो, जन्म्यो जसपा (लोकतान्त्रिक)

जसपा पनि फुट्यो, जन्म्यो जसपा (लोकतान्त्रिक)



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता गुमेपछि दलविहीन बनेका महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएका छन् ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरुले जसपा लोकतान्त्रिक नामको नयाँ दल दर्ता गरेका हुन् । सांसद चन्दा चौधरीले दिएको जानकारीअनुसार नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहनेछन् भने राजेन्द्र महतो वरिष्ठ नेता रहनेछन् । जसपा लोकतान्त्रिकको चुनाव चिह्नमा साइकल प्रस्ताव गरिएको छ ।