एमाले समाजवादीमा १२ सांसद मात्र केन्द्रीय सदस्य (सुचीसहित)

एमाले समाजवादीमा १२ सांसद मात्र केन्द्रीय सदस्य (सुचीसहित)



काठमाडौं । नेकपा एमाले (समाजवादी) मा सहभागी सबै सांसदहरु केन्द्रीय सदस्य बनाइएको छैन । निर्वाचन आयोगमा ३१ सांसदको हस्ताक्षर बुझाइएको भए पनि सबैलाई केन्द्रीय सदस्य नबनाएर माधवकुमार नेपालले रणनीतिक चार्तुयता देखाएको विश्लेषण हुन थालेको छ ।

कुल सांसदमध्ये १२ जनालाई मात्र केन्द्रीय समितिमा राखिएको छ । जसमध्ये राष्ट्रिय सभाका एकजना छन् । ११ जना प्रतिनिधि सभाका हुन् । अधिकांश प्रत्यक्ष निर्वाचिततर्फका सांसद छन् ।

यी हुन् केन्द्रीय सदस्य बनाइएका सांसदहरु

१. माधवकुमार नेपाल, संयोजक
२. झलनाथ खनाल, वरिष्ठ नेता
३. मुकुन्द न्यौपाने
४. डा. बेदुराम भुसाल
५. जीवनराम श्रेष्ठ
६. विरोध खतिवडा
७. मेटमणि चौधरी
८. रामकुमारी झाँक्री
९. सरलाकुमारी यादव
१०. कल्याणीकुमारी खड्का
११. निरादेवी जैरु
१२. प्रेमबहादुर आले