काङ्ग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य जटिल, मुम्बईमा उपचार हुँदै

काङ्ग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य जटिल, मुम्बईमा उपचार हुँदै



काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरी अस्वस्थ भएका छन् । गिरीको अहिले मुम्बईको हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ । एक साताअघि घाँटीमा समस्या देखिएपछि उनी उपचारका लागि मुम्बई गएका थिए ।

उनको स्वास्थ्यमा जटिल समस्या देखिएको बताइएको छ । उनको उपचारमा चिकित्सक सुल्तान प्रधानको टोली संलग्न छ । गिरीको स्वास्थ्य अवस्था बुझ्न काङ्ग्रेस उपसभापति विमलेन्द्र निधि आज भारतको मुम्बई प्रस्थान गरेका छन्।