शीर्ष नेताबीच भेटवार्ता, समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारबारे छलफल

शीर्ष नेताबीच भेटवार्ता, समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारबारे छलफल



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाकाअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै पौने एक घण्टा तीन नेताहरुबीच भेटवार्ता भएको हो । भेटका क्रममा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ । सरकारले अस्ति मङ्गलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा (एमाले) विभाजन भएर नयाँ दल दर्ता भएपछि तीन शीर्ष नेताबीच आज भेटवार्ता भएको हो ।