चीनबाट थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

चीनबाट थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो



काठमाडौँ। नेपाल सरकारले चीन सरकारसँग खरिद गरेको थप ६० लाखमध्येको आठ लाख डोज भरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागका अनुसार गए राति १२ बजे आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको हो ।

यस्तै चीनबाट थप आठ लाख डोज खोप आज र बाँकी ४४ लाख डोज खोप यही अगस्टको अन्तिम साता आइपुग्ने स्वास्थ्य विभागले जनाएको छ ।