बागमती प्रदेश प्रमुखमा यादव शर्मा सिफारिस

बागमती प्रदेश प्रमुखमा यादव शर्मा सिफारिस



काठमाडौं । गठबन्धन सरकारले माधव नेपाललाई सत्तामा जिम्मेवारी दिन शुरू गरेको छ । सरकारले वागमती प्रदेश प्रमु्ख विष्णु प्रसाईलाई हटाएर उनको ठाउँमा यादवचन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रसाईलाई हटाएर उनको ठाउँमा शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

पदमुक्त भएका विष्णु प्रसाई एमालेकै नेता हुन् । झापा जिल्लाका पुराना नेता प्रसाई मेची नगर नगरपालिकाको मेयरमा पराजित भएका थिए । उनी २०५४ सालमा झापा जिल्ला विकास समितिको उपसभापति थिए ।

शर्मा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए भने नेपाल नेतृत्वको एमाले विभागका सचिव थिए ।

नेपालका सदावहार सहयोगी शर्मालाई उनले राजदूत बनाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई आग्रह गरेका थिए । ओलीले भने शर्माको साटो माधव नेपाल निकटकै एमाले नेता बंशीधर मिश्रलाई बंगलादेशको राजदूत बनाएका थिए ।