एमाले (समाजवादी)बाट एमालेमा फर्कनेलाई आवश्यक जिम्मेवारी दिइन्छः केपी ओली

एमाले (समाजवादी)बाट एमालेमा फर्कनेलाई आवश्यक जिम्मेवारी दिइन्छः केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहसँग नाम जोडिएका नेताहरुलाई पार्टीमा फर्कन आह्वान गरेका छन् । एमाले जिल्ला कमिटी भक्तपुरले बिहिबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालको लिस्टमा नाम लेखेर निर्वाचन आयोगमा नाम दर्ता गराउनेलाई पार्टीमा फर्कन आह्वान गरेका हुन् ।

उनले माधव पक्षमा गएका नेताहरुको भविष्य अन्धकार रहेको तर्क गर्दै आफ्नो पार्टीमा रहेका नेताहरुलाई आवश्यक जिम्मेवारी दिइने बताएका छन् । अध्यक्ष ओलीले अहिलेको सरकारले गलत प्रचार बाहेक देश विकास गर्ने दृष्टिकोण नभएको आरोप लगाए । माधव नेपालसंग देश बिकासको कुनै भिजन नै नरहेको भन्दै ओलीले अहिलेसम्म समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा कहिल्यै बोलेको नसुनेको तर्क गरे ।