नेपाल र ठाकुरको पार्टीलाई निर्वाचन आयोगले सनाखतका लागि बुधबार बोलायो

नेपाल र ठाकुरको पार्टीलाई निर्वाचन आयोगले सनाखतका लागि बुधबार बोलायो



काठमाडौं । निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ताका लागि भदौ ९ गते बुधबार सनाखत गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी( र महन्थ ठाकुरको नेतत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि केन्द्रीय सदस्य र सांसद्हरुको सनाखत गर्न लागेको हो ।

भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्म सनाखतको समय छुट्याइएको र सोही दिन दर्ता हुन सक्ने आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए । उनीहरुलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ । प्रस्तावित दुवै पार्टीको नाम मिल्दोजुल्दो भएपछि अर्को नाम प्रस्ताव गरेका थिए ।