सभामुख सापकोटाले एमाले सांसदलाई कुराए, आफू गएनन्

सभामुख सापकोटाले एमाले सांसदलाई कुराए, आफू गएनन्



काठमाडौं । आफ्ना १४ जना सांसदहरुलाई पदमुक्त गर्न दबाब दिन एमालेका सांसदहरु कार्यकक्षमा कुरेर बसेको थाहा पाएपछि सभामुख अग्निप्रसाद सापकोटा कार्यालय नै गएनन् ।

माधवकुमार नेपालले प्रस्तावित गरेको एमाले समाजवादीमा समावेश भएका नेता नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न एमालेले संसद सचिवालयलमा पत्र बुझाएको छ । तर, सभामुख सापकोटाले उनीहरुलाई पदमुक्त नगरेपछि दबाब दिन एमालेका नेताहरु शुक्रबार कार्यालय समय सुरू हुनासाथ सभामुखको कार्यकक्षमा पुगेका थिए ।

यसबारे जानकारी पाएपछि सभामुख सापकोटा शुक्रबार कार्यालय नै गएका छैनन् । लामो समय कुरेर बस्दा पनि नआएपछि एमाले सचेतक शान्ता चौधरीले सभामुख सापकोटालाई फोन गरिन् । तर, सभामुख सापकोटाले आज आफू कार्यालय नआउने जानकारी गराएपछि एमाले नेताहरु सचिवालयबाट फर्किएका छन् ।