हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन

हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन



काठमाडौं । कोरोना संक्रमणबाट हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन भएको छ । कोरोना सङ्क्रमणपछि ललितपुरको पाटन अस्पतालमा उपचाररत थापाको आज बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सङ्क्रमण पुष्टि भएपछि १९ दिनअघि थापा अस्पताल भर्ना हुनुभएको थियो ।

पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन, चलचित्रमा समेत अभिनय गर्नुभएको थियो ।

उहाँका परिवारमा सबै कोरोना सङ्क्रमित छन् । उहाँकी श्रीमती, एक छोरा र एक छोरी छन् ।थापाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ।