‘नेपाल आइडल’का निर्णायकमा शम्भुजित, सुगम र शिवानी

‘नेपाल आइडल’का निर्णायकमा शम्भुजित, सुगम र शिवानी



काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन्। फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सिजनका लागि पुराना तीनै जना निर्णायक परिवर्तन गर्दै नयाँ राखिएको जानकारी दिएको हो। नयाँ निर्णायकमा गायक शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन्।

निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक शम्भुजित बाँस्कोटाले ‘नेपाल आइडलमा आउँछु’ भन्ने आशा गरेको र पूरा भएको प्रतिक्रिया दिए।

नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा उनले खुशी प्रकट गरे। ‘नेपाल आइडलमा आउँछु भन्ने थियो, जुर्दो रहेछ। हिजो पनि नेपाल आइडल राम्रोसँग सञ्चालन भएको थियो। हिजोका जजहरुले राम्रो काम गर्नुभएको छ। व्यवस्थापनले पनि राम्रो माहोल सिर्जना गरिदिएको छ। नेपाल आइडल परिवारको सदस्य भएर काम गर्न पाउँदा खुशी छु,’ उनले भने।

गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफूहरूलाई खुशी लाएको प्रतिक्रिया दिएका छन्। नेपाल आइडल सिजन-४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन्।

सिजन ३ सम्मका निर्णायक न्यूह बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आबद्ध भएपछि व्यवस्थापन समितिले नयाँ निर्णायक टिम चयन गरेको हो।