कांग्रेस क्रियाशील सदस्य विवाद समाधान गर्न समितिले माग्यो थप समय

कांग्रेस क्रियाशील सदस्य विवाद समाधान गर्न समितिले माग्यो थप समय



काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित शीर्ष समितिले थप समय माग गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग अझै समय लाग्ने जनाएको हो ।

कांग्रेस केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको बाँकी काम भदौ २ भित्र सहमति गरेर भदौ ३ मा केन्द्रीय सभापतिलाई बुझाउन म्याण्डेट दिएको थियो । म्याण्डेट सकिएको २ दिनपछि समितिले थप समय मागेको हो ।

कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गते सम्मका लागि तोकिएको छ । वडा तहको अधिवेशन भदौ १८ गते ताकिएको छ । क्रियाशील सदस्यता विवाद तत्काल नटुंगिए महाधिवेशन कार्यतालिका पुनः निष्प्रभावी हुने देखिन्छ ।