सरकारले बेरुजु फर्छ्यौट नगर्ने र अनियमितता गर्नेलाई कारबाही गर्नुपर्छ : डा . कोइराला

सरकारले बेरुजु फर्छ्यौट नगर्ने र अनियमितता गर्नेलाई कारबाही गर्नुपर्छ : डा . कोइराला



काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा बेरुजु र अनियमितताको अङ्क बढ्दो रहेकोमा दुख व्यक्त गरेका छन् । उनले सरकारले बेरुजु फर्छ्यौट र अनियमिततालाई कारबाही गर्ने तर्फ पाइला चाल्नु जरुरी रहेको बताएका छन् ।

महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएपछि आइतबार शेखरले सामाजिक सञ्जालमा लेख्दै सरकारको इच्छाशक्ति भए बेरुजु फर्छ्यौट र अनियमितता गर्नेलाई कारबाही गर्न सकिने बताए । महालेखा परीक्षकको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको हो ।